बुटिक पसलमा आगलागी हुँदा लाखौंको क्षति

हिमाल प्रेस १८ माघ २०७९ ९:११
2
SHARE
बुटिक पसलमा आगलागी हुँदा लाखौंको क्षति

काठमाडौँ- चितवनको गीतानगर बजारमा रहेको एक बुटिक पसलमा आगलागी भएको छ। भरतपुर६ गीतानगर बजारमा रहेको कमला शर्मा ढुगानाको एन्जी बुटिक एण्ड कलेक्सनमा बुधबार बिहान आगलागी भएको हो।आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको पीडितले बताएका छन्।

आगलागी भएको पसल इलाका प्रहरी कार्यलय, गीतानगरको छेउमा पर्छ । नेपाल प्रहरी, स्थानीय र भरतपु महानगरको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीको एकीन कारण भने खुल्न नसके पनि विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

पसलका सबै सामान काम नलाग्ने गरि नष्ट भएको गीतानगर ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम दवाडीले जानकारी दिए। बिहान ६ बजे तिर आगो स्थानीयले लागे लागेको देखेपछि अन्य पसलमा आगो फैलन नपाएको हो।

प्रकाशित: १८ माघ २०७९ ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =