काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेपछि बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
सभामुखले संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि एक सिट रिक्त रहेको कुरा बैठकमा जानकारी गराइने छ। यसअघि १० गतेको बैठकले २१ सदस्यीय प्रतिनिधिसिभा नियमावली मस्यौदा समिति गठन गरेको थियो।
प्रकाशित: १८ माघ २०७९ ७:०६
प्रतिक्रिया