महाशिवरात्रिमा सहभागी हुन पशुपतिनाथ मन्दिर आएका साधुसन्त। तस्बिर- दिपेश श्रेष्ठ/हिमाल प्रेस
काठमाडौँ– महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तहरूको सोमबार बिदाइ गरिएको छ। भारतसहित अन्य मुलुकबाट आएका साधुसन्तहरूलाई २ सय रूपैयाँदेखि ९ हजार २ सय रूपैयाँसम्म दक्षिण दिएर बिदाइ गरिएको हो।
माग्दै हिँड्नेलाई २ सय र नागा बाबालाई छुट्टा-छुट्टै दरले बढीमा ९ हजार २ सय रूपैयाँसम्म दक्षिण दिएर बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।
गुठी संस्थानले पहिला तोकेर दक्षिणा दिने गरे पनि कोषलाई भने त्यो नियम लागु नहुने भएकोले साधुहरूको सम्मास्वरूप दक्षिण दिएर पठाइएको उनले बताए।
साधुसन्तहरूलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको उनले जानकारी दिए।
प्रकाशित: ८ फागुन २०७९ १५:५२ | Monday, February 20, 2023
प्रतिक्रिया





