 
                             
                                            लमजुङ- लमजुङ दोर्दी गाउँपालिका-८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हांगी कामीको जलेर मृत्यु भएको छ। सोमबार राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
जस्तापाताको छाप्रोमा बस्दै आएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ।
आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन्। दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना हुन नदिन सचेत बन्न आग्रह गरे।
                            प्रकाशित: १६ फागुन  २०७९ ९:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 