राष्ट्रपति निर्वाचन : ८ दलीय गठबन्धनको बैठकबाट पाैडेलको प्रस्ताव र समर्थक तोकिने

हिमाल प्रेस १३ फागुन २०७९ १०:३७ | Saturday, February 25, 2023
राष्ट्रपति निर्वाचन : ८ दलीय गठबन्धनको बैठकबाट पाैडेलको प्रस्ताव र समर्थक तोकिने

काठमाडौँ- नयाँ समीकरण बनेसँगै राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न आठ दलीय गठबन्धनको बैठक बोलाइएको छ।

शुक्रबार बनेको नयाँ गठबन्धनको बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ। त्यसै बैठकमा राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक तोकिने छन्।

आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले आज पार्टी कार्यालय सानेपामा बसेको बैठकले सोही निर्णय गरेको हो।
राष्ट्रपतिको उमेदवार बन्न पाँच सांसद प्रस्तावक र पाँच सांसद समर्थक आवश्यक हुन्छ ।

प्रकाशित: १३ फागुन २०७९ १०:३७ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast