५ वर्षअघि गाडिएका पोल जीर्ण बन्दै, पुगेन बिजुली

हिमाल प्रेस १५ फागुन २०७९ १६:२४ | Monday, February 27, 2023
५ वर्षअघि गाडिएका पोल जीर्ण बन्दै, पुगेन बिजुली फाइल तस्बिर

जाजरकोट- जाजरकाटको कुशे गाउँपालिकाको अधिकांश ठाउँमा बिजुली पुगेको छैन। सो गाउँपालिकामा बिजुलीका लागि पोल गाडेको ५ वर्ष पुग्दा पनि यहाँ बिजलुी पुग्न नसकेको हो। नेपाल विद्युत् प्राधिकरणले कुशेमा बिजुली पुर्‍याउनका लागि ३३ केभी प्रसारण लाइनमार्फत बिजुली पुर्‍याउन ५ वर्षअघि पोल गाडे पनि अहिलेसम्म बिजुली पुगेको छैन।

कुशे-५ पाँचकाटियाबाट खुर्पासम्म ५ वर्षअघि नै पोल गाडिएका छन्। उक्त पोल जाजरकोटकै खलंगाको शाइ बाबा एण्ड तारा कन्ट्रक्सन ठेकेदार कम्पनीले गाडेको हो। उक्त कम्पनीसँग आर्थिक वर्ष २०७५/७६ मा ठेक्का लिएर पोल गाड्ने, तार जोड्नेलगायत काम गर्ने सम्झौता गरिएको थियो।

अहिले गाडिएको पोल जीर्ण अवस्थामा पुगेका छन् भने तार छरिएर अलपत्र परेका छन्। छेडागाड नगरपालिकाको थलहबाट कुशे गाउँपालिका र भेरी नगरपालिका हुँदै कुशेको पाँचकाटिया जोडेर पालिकाभर विद्युतीकरण गर्ने उद्देश्यले उक्त कम्पनीलाई ठेक्का दिइएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार हालसम्म २० प्रतिशत काम भएको छ।

बाटुल्ले बजारदेखि साधिविस्यौनासम्म तार ठाउँ-ठाउँमा थुपारेर फालिएका अवस्थामा रहेको स्थानीय जनक चन्दले बताए। ‘समयमा काम गर्नुपर्नेमा काम पनि पूरा भएको छैन’ उनले भने, ‘यी तारहरू फालेर यसरी राज्यको सम्पति किन नोक्सान गरेको होला?’

बिजुलीका पूर्वाधारमा गाउँपालिकाले समेत कुनै चासो नदेखाएको चन्दको गुनासो छ। पालिका, प्राधिकरण र निर्माणको जिम्मा लिएको कम्पनीले छिटो काम गरी विद्युत् आपूर्ति गर्नुपर्ने स्थानीयले माग गरेका छन्। राससको सहयोगमा

प्रकाशित: १५ फागुन २०७९ १६:२४ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast