५३ किलो गाजासहित दुई जना पक्राउ

हिमाल प्रेस ८ फागुन २०७९ १२:२७ | Monday, February 20, 2023
५३ किलो गाजासहित दुई जना पक्राउ

चितवन- पूर्वी चितवनबाट ५३ किलो गाजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज बिहान १ बजे राप्ती नगरपालिका-१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाजा बरामद गरिएको हो।

पक्राउ परेका उनीहरूको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रकाशित: ८ फागुन २०७९ १२:२७ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast