११ बजेसम्मै साढे ४ लाखले दर्शन गरे पशुपति

हिमाल प्रेस ६ फागुन २०७९ १२:३१ | Saturday, February 18, 2023
११ बजेसम्मै साढे ४ लाखले दर्शन गरे पशुपति तस्बिर : दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ- महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए।

बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ । घाम लागेसँगै दर्शनार्थीको संख्या बढ्न थालेको हो ।

महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रुपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथमा विशेष पूजा सकेर उनले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गर्नेछन्। यो मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो।

मन्दिर उद्घाटनपछि उनले त्यहीँ प्रवचन दिने छन्। बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शंकराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ । यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ।

यो पनि
पशुपतिमा भक्तजनको उल्लास (फोटो फिचर)

शिवरात्रिको अवसरमा आज देशभरका शिवालयमा घुइँचो, पशुपतिमा चार प्रहरमा पूजा

पशुपतिमा दर्शनार्थीका लागि बिहानको ३ बजेबाटै खुले ढोका

 

प्रकाशित: ६ फागुन २०७९ १२:३१ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast