१० दिनभित्र नयाँ राजनीति कोर्स बन्छ : कांग्रेस सचेतक लेखक

हिमाल प्रेस ५ फागुन २०७९ १८:४४ | Friday, February 17, 2023
१० दिनभित्र नयाँ राजनीति कोर्स बन्छ : कांग्रेस सचेतक लेखक कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्स बन्ने बताएका छन्। शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा कानूनविद्हरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्। ‘अबको हप्ता १० दिनभित्रै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना छ’ उनले भने। एमालेले धेरै अधैर्य र अस्थिर राजनीति गरेको उनको भनाइ थियो।

एमाले विचलित भइरहेको र अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको लेखकको दाबी थियो। प्रमुख सचेतक लेखकले मूल राजनीतिक मुद्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनमा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति आएको बताए।

नेकपा एमाले संसद विघटनको चाहना राखेर अघि बढ्ने पार्टी भएको लेखकको आरोप थियो। संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदहरूमा कांग्रेसको स्वभाविक दाबी रहने लेखकले बताए। ‘एमालेको राजनीति अत्यन्त ज्यादा अधैर्य र अस्थिर देखिएको छ’ उनले भने, ‘उहाँहरूको विचलनले नै अहिलेको सत्ता गठबन्धन स्थिर छैन भन्ने देखाइरहेको छ।’

प्रकाशित: ५ फागुन २०७९ १८:४४ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast