हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

हिमाल प्रेस १२ फागुन २०७९ ११:१७ | Friday, February 24, 2023
हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

काठमाडौँ- कोइलाको अभावपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ। कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ।

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए। बाँकी कोइला आउने क्रममा रहेको छ।

कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए।

प्रकाशित: १२ फागुन २०७९ ११:१७ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast