हुलाक सेवाको संरचना परिवर्तन हुँदैछ : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस २९ माघ २०७९ ११:१५ | Sunday, February 12, 2023
हुलाक सेवाको संरचना परिवर्तन हुँदैछ : सञ्चारमन्त्री शर्मा

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको बताएकी छन्।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघ दाङद्वारा संयुक्तरूपमा आज (आइतबार) आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको बताएकी हुन्। उनले भनिन्, ‘समयसापेक्ष सूचना प्रविधि र संघीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ।’

उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताइन्। आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनको भनाइ छ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेका जस्ता समस्या समाधान गर्न आग्रह गरेका थिए।

प्रकाशित: २९ माघ २०७९ ११:१५ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast