हात्तीलाई राखेको ‘पासो’मा परी एकजनाको मृत्यु

हिमाल प्रेस २८ माघ २०७९ ११:४७ | Saturday, February 11, 2023
हात्तीलाई राखेको ‘पासो’मा परी एकजनाको मृत्यु प्रतीकात्मक तस्बिर।

झापा- हात्तीलाई थापेको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ।

विद्युतीय धरापमा परी बिर्तामोड नगरपालिका– ७ बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए।

प्रहरीका अनुसार श्रेष्ठले जंगली हात्तीबाट जोगिन घर वरिपरि धराप राखेका थिए। उनी शुक्रबार राति साढे ११ बजे शौचालय जाने क्रममा राखेको धरापमा परेर घाइते भएका थिए।

श्रेष्ठको उपचारका क्रममा राति नै बिर्तासिटी हस्पिटलमा मृत्यु भएको डीएसपी रिजालले बताए।

 

प्रकाशित: २८ माघ २०७९ ११:४७ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast