स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा नेपाल वेद विद्याश्रमका विजय तिमल्सिना प्रथम

हिमाल प्रेस १२ फागुन २०७९ २१:३६ | Friday, February 24, 2023
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा नेपाल वेद विद्याश्रमका विजय तिमल्सिना प्रथम

काठमाडौँ- हिन्दु स्वयंसेवक संघ नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा-२०७९ सम्पन्न गरेको छ। काठमाडौँको टुँडिखेलमा आयोजित उक्त परीक्षामा नेपाल वेद विद्याश्रममा कक्षा १० मा अध्ययनरत विजय तिमल्सिना प्रथम भएका छन्।

उनले प्रमाणपत्रसहित ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाए। ब्राइट होराइजन स्कुलमा कक्षा ८ मा अध्ययनरत दालकु शेर्पा दि्वतीय र भक्तपुरको विद्यार्थी निकेतन माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत सुस्मिता चौलागाईँ तृतीय भएका थिएका छन्।

द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः २५ हजार एक सय एघार र १५ हजार एक सय एघार रुपैयाँ पुरस्कार एवं प्रमाण पाएका छन्। सान्त्वनाअन्तर्गत ५० जनालाई प्रमाणपत्रसहित प्रतिव्यक्ति एक हजार एक सय एघार नगद पुरस्कार एवं प्रमाणपत्रको व्यवस्था गरिएको थियो।

बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको सो परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न विद्यालयबाट पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी थिए।

तीमध्ये ६७ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अंक प्राप्त गरेका थिए। सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको थियो।

स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले संघले २०७१ सालदेखि निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast