स्ववियू निर्वाचनका लागि अनेरास्ववियूले १ हजार १ सय ११ सदस्य परिचालन गर्ने

हिमाल प्रेस ११ फागुन २०७९ १८:०९ | Thursday, February 23, 2023
स्ववियू निर्वाचनका लागि अनेरास्ववियूले १ हजार १ सय ११ सदस्य परिचालन गर्ने फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आसन्न स्ववियू निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ।

फाल्गुन ७ र ८ गते काठमाडौँमा बसेको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले अध्यक्ष सुदेश पराजुलीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय स्ववियू निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको हो।

बैठकले स्ववियू निर्वाचनको स्वागत गर्दै अन्य विश्वविद्यालयमा पनि स्ववियू निर्वाचनको मिति घोषणा गर्न माग गरेको अनेरास्ववियूका अध्यक्ष पराजुलीले जानकारी दिए।

पराजुलीले स्ववियू निर्वाचन निष्पक्ष, भयरहित, धाँधलीरहित र मर्यादित बनाउनका लागि अनुरोध गरिएको बताए। बैठकले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजि क्षेत्रलाई छाप्न दिने सरकारको निर्णय खारेज गर्न माग गरेको उनले बताए।

बैठकले त्रिभुवन विश्वबिद्यालयभित्रको निजीकरण तत्काल अन्त्य गर्न पनि माग गरेको छ।

प्रकाशित: ११ फागुन २०७९ १८:०९ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast