सौरभ गांगुली बन्दै रणवीर कपुर

हिमाल प्रेस ११ फागुन २०७९ १३:२३ | Thursday, February 23, 2023
सौरभ गांगुली बन्दै रणवीर कपुर

काठमाडौँ- बलिउडमा क्रिकेटमाथि थुप्रै फिल्म बनेका छन्। क्रिकेटरको बायोपिकदेखि भारत विश्वकप विजेता बनेका कथा समेटिका फिल्म हुन्, ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’ र ‘८३’।

यस सूचीमा एउटा फिल्म थपिने भएको छ। पूर्वकप्तान सौरभ गांगुलीको बायोपिक बन्ने भएको छ।

अभिनेता रणवीर कपुर गांगुलीको भूमिकामा देखिनेछन्। यसअघि ऋतिक रोशन, सिद्धार्थ मल्होत्रालगायत अभिनेताका नाम बाहिरिएको थियो। तर गांगुली रणवीर कपुरले आफ्नो भूमिका गरून् भन्ने चाहन्थे।

फिल्मको छायांकन कोलकाताको इडन गार्डन्स, गांगुलीको घरलगायत ठाउँमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रणवीर यसअघि फिल्म ‘शमशेरा’ र ‘बह्मास्त्र’मा देखिएका थिए। मार्चमा उनको ‘तू झूठी मैं मक्कार’ फिल्म प्रदर्शनमा आउनेछ।

प्रकाशित: ११ फागुन २०७९ १३:२३ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast