सेयर बजारबारे राष्ट्र बैंक मौन बसेपछि लगानीकर्ता निराश, ६०.८८ अंकले घट्यो परिसूचक

हिमाल प्रेस २९ माघ २०७९ १५:२२ | Sunday, February 12, 2023
सेयर बजारबारे राष्ट्र बैंक मौन बसेपछि लगानीकर्ता निराश, ६०.८८ अंकले घट्यो परिसूचक

काठमाडौँ– आइतबार सेयर बजार परिसूचक (नेप्से) ६०.८८ अंकले घटेको छ। शुक्रबार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षामा सेयर बजारबारे कुनै परिवर्तन नभएपछि लगानीकर्ता निराश भएका हुन्।

लगानीकर्ता र निजी क्षेत्रले १२ करोडको मार्जिन कर्जा परिवर्तन गर्न राष्ट्र बैंकलाई पटकपटक सुझाव दिएका थिए। सुझाव ग्रहण गर्दा गभर्नर डा. महाप्रसाद अधिकारीले पुँजी बजारलाई सकारात्मक प्रभाव पर्ने निर्णय लिने प्रतिक्रिया दिन्थे। तर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् कुनै नीतिगत परिवर्तन भएन।

यसले गर्दा आज, आइतबार सेयर बजार राताम्य भयो। नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचकमा गिरावट आएको छ।

आज २०७ कम्पनीको सेयर मूल्य घटेको छ। ८ वटा कम्पनीको मूल्य भने सामान्य बढेको छ। कुल ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ।

आइतबार हिमालयन डिस्टिलरी लिमिटेडको १४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जुन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परेको छ।

दोस्रो नम्बरमा रहेको नाग्दी ग्रुप पावर कम्पनीको ११ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: २९ माघ २०७९ १५:२२ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast