सेना दिवसका अवसरमा खुला दौड प्रतियोगिता

हिमाल प्रेस २८ माघ २०७९ १०:११ | Saturday, February 11, 2023
सेना दिवसका अवसरमा खुला दौड प्रतियोगिता

काठमाडौँ- सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु भएको छ।

सैनिक मुख्यालय जंगी अड्डास्थित खेलमैदानबाट शनिबार बिहान सुरु भएको प्रतियोगिताको उद्घाटन प्रधानसेनापति प्रभुराम शर्माले गरे।

प्रतियोगितामा विभिन्न विधाका लागि कायम गरिएको दौडको दूरी पार गरेपछि सोही स्थानमा आएर समापन हुनेछ।

प्रतियोगिताअन्तर्गत आयोजना भएको पाँच किमीको वाकाथनमा प्रधानसेनापति शर्मा सहभागी छन्। वाकाथनमा सेनाका उच्च अधिकृतका साथै समाजमा विभिन्न पेसा व्यवसायसँग सम्बन्धित व्यक्ति पनि सहभागी छन्।

प्रतियोगिताअन्तर्गत ४२ किमी दूरीको म्याराथन जंगी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर, पेप्सीकोला, गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। प्रतियोगितामा ३०० धावक सहभागी छन्। प्रतियोगिताअन्तर्गत २१ किमी हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष धावकलाई क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार र ३५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा ७५० जना सहभागी छन्।

नेपाली सेनाले सेनाले २०७२ सालदेखि यो प्रतियोगिता गर्दै आएको छ।

प्रकाशित: २८ माघ २०७९ १०:११ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast