काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताएकी छन्।
काठमाडौँको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै उनले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्न सरकारले आवश्यक कानुन बनाउन लागिरहेको बताएकी हुन्।
उनले त्यसका लागि सुझाव दिन पनि सम्बद्ध सबैमा आग्रह गरिन्। मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गरिन्। उनले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्त्वाकांक्षी योजनाहरू अघि सार्ने योजना पनि सार्वजनिक गरिन्।
‘हामी यस क्षेत्रसँग सम्बन्धित कानुनहरूबारे छलफल गरिरहेका छौँ,’ उनले भनिन्, ‘हामी यस क्षेत्रका सम्बन्धित कानुनहरू छिटोभन्दा छिटो संसद्मा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने भनेर लागिरहेका छौँ।’





