सुरक्षा अभिनीत ‘बहाव’ चैत २४ मा आउने

हिमाल प्रेस २ फागुन २०७९ ११:१८ | Tuesday, February 14, 2023
सुरक्षा अभिनीत ‘बहाव’ चैत २४ मा आउने

काठमाडौँ- फिल्म ‘बहाव’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि निर्माण पक्षले घोषणा गरेको छ। अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल मुख्य भूमिकामा रहेको फिल्म आगामी चैत २४ मा प्रदर्शनमा आउनेछ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको पोस्टरमा सुरक्षालाई देख्न सकिन्छ। उनले पिँजडा समातेकी छन्। जसमा सुगा छ। पृष्ठभूमिमा रहेको ऐनामा नहेरी हातमा रहेको पिँजडाभित्रको सुगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देख्न सकिन्छ। फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित रहेका निर्माण पक्षले जनाएको छ।

अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘जिज्ञासासाथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिबाट गुज्रिन्छन्। त्यसरी अघि बढ्दा आउने हलचलमा कसरी सन्तुलित रूपमा अगाडि बढ्ने भन्ने खालको कथा हो बहाव।’

फिल्ममा सुरक्षा र कमलमणिसँगै अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २ फागुन २०७९ ११:१८ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast