सुनसरी : एकै वडामा तीनजना दादुरा रोगी

हिमाल प्रेस ४ फागुन २०७९ ८:३४ | Thursday, February 16, 2023
सुनसरी : एकै वडामा तीनजना दादुरा रोगी

सुनसरी- सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ। बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना संकलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो। बर्जुमा दादुराको आशंकामा अन्यको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको छ।

विश्व स्वास्थ्य संगठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शंका गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ।

गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरिएको उनले जानकारी दिए। बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ।

प्रकाशित: ४ फागुन २०७९ ८:३४ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast