 
                             
                                            काठमाडौँ- तनहुँको बन्दीपुर गाउँपालिका –१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ । आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । आगलागीका कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
                            प्रकाशित: ८ फागुन  २०७९ ७:४७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 