सुनको मूल्य दुई सयले घट्यो

हिमाल प्रेस १५ फागुन २०७९ ११:५२ | Monday, February 27, 2023
सुनको मूल्य दुई सयले घट्यो फाइल तस्बिर

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १५ फागुन २०७९ ११:५२ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast