सुदूरपश्‍चिममा एमालेको सरकार ढालेर हाम्रो शक्ति देखायौं : माधव नेपाल

हिमाल प्रेस २८ माघ २०७९ १६:०४ | Saturday, February 11, 2023
सुदूरपश्‍चिममा एमालेको सरकार ढालेर हाम्रो शक्ति देखायौं : माधव नेपाल फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सुदूरपश्चिममा नेकपा एमाले नेतृत्वको सरकार ढालेर आफ्नो पार्टीको शक्ति देखाएको बताएका छन्।

पार्टीले शनिबार काठमाडौँमा आयोजना गरेको जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘हाम्रो पार्टीको भूमिका केही छैन भन्नेहरूलाई हामीले सुदूरपश्चिममा देखाइदिएका छौं। हाम्रो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई हामीले एमालेको सरकार ढालेर सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएका छौं,’ उनले भने,’सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली कांग्रेस, अर्को हाम्रो पार्टी। यसको ठूलो धक्का एमालेलाई परेको छ। यो पहिलो सुरुवात हो ।’

उनले नेपालमा अहिले संग्लो पानीजसरी राजनीति अघि बढ्न नसको बताए। एमाले नेतृत्वले पार्टीका नेताहरूलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएर झूटको राजनीति गरिरहेको नेपालले जिकिर गरे।

‘एमालेले व्यक्तिहरूलाई आसा जगाएर अन्तितमा आएर सेन्टीफ्ल्याट खुवाइदिन्छ। एमालेले प्रत्येक व्यक्तिलाई राष्ट्रपति बनाइदिने भनेर दंग पारिरहेको छ। तर अन्तिम अवस्थामा उहाँहरूले थाहा पाउनु हुनेछ। अन्तिम समयमा आएर उहाँहरूको चेत खुल्ने छ,’ उनले भने।

प्रकाशित: २८ माघ २०७९ १६:०४ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast