‘सीसीए इन्टरकलेज एस्से कम्पिटिसन २०२३’ को उपाधि मेघा कलेजका सन्देश बस्याललाई

हिमाल प्रेस ३ फागुन २०७९ १५:४० | Wednesday, February 15, 2023
‘सीसीए इन्टरकलेज एस्से कम्पिटिसन २०२३’ को उपाधि मेघा कलेजका सन्देश बस्याललाई

काठमाडौँ– सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)को आयोजनामा भएको ‘सीसीए इन्टरकलेज एस्से कम्पिटिसन २०२३’ को उपाधि नेपाल मेघा कलेजका विद्यार्थी सन्देश बस्यालले जितेका छन्। फाइनल चरणमा अन्य ९ जना विद्यार्थीलाई पछि पार्दै बस्यालले उपाधि जितेका हुन्। उनले ट्रफीसहित नगद ३० हजार रुपैयाँ पुरस्कार पाए।

शनिबार भएको फाइनलमा सेन्ट जेभियर कलेजका शिशिर गौतम फष्ट रनर्सअप र मनास्लु वल्र्ड कलेजका फरिन बानु सेकेण्ड रनर्सअप भए। उनीहरू दुवैजनालाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार दिइएको आयोजकले जानकारी दिएको छ।

उनीहरूलाई एसीसीए नेपाल प्रमुख रविन कटुवाल, सीसीएका डाइरेक्टर मनिस शर्मा र कम्पिटिसनका जर्ज राजकुमार गुरुङले ट्रफी, चेक र प्रमाणपत्र हस्तान्तरण गरे। प्रतियोगितामा सहभागी १८ जनाले प्लस टुपछि सीसीए कलेजमा अध्ययन गरेमा २५ हजार रुपैयाँ बराबरको छुट पाउनेछन्।

प्रकाशित: ३ फागुन २०७९ १५:४० | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast