सीड फाइनान्सियलको दीक्षान्त समारोह, एसीसीएका २३ विद्यार्थी दीक्षित

हिमाल प्रेस १० फागुन २०७९ १२:५४ | Wednesday, February 22, 2023
सीड फाइनान्सियलको दीक्षान्त समारोह, एसीसीएका २३ विद्यार्थी दीक्षित

काठमाडौँ- सीड फाइनान्सियल एकेडेमीले एसीसीएमा ग्राजुएट भएका विद्यार्थीको लागि दीक्षान्त समारोहको आयोजना गरेको छ। सीड फाइनान्सियल एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनर हो।

उक्त समारोहमा २३ जनाले एसीसीएको प्रमाणपत्र प्राप्त गरेका छन्। समारोहलाई सम्बोधन गर्दै सीड फाइनान्सियल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अनन्त गौतमले विश्व बजारमा एसीसीएको निकै माग रहेको भन्दै त्यसको लागि दक्ष जनशक्ति उत्पादन गरेकोमा गर्व लागेको बताए।

उनले भने, ‘आफ्नो ज्ञान र सीपको प्रयोग गरी नेपालदेखि विश्वभरको आर्थिक विकासमा योगदान दिन सम्पूर्ण दीक्षित विद्यार्थीलाई आग्रह गर्दछु।’

एसीसीए नेपालका प्रमुख रविन कटवालले नेपालमा एसीसीए योग्यताको वृद्धि र सीड फाइनान्सियल एकेडेमीले दक्ष र योग्य जनशक्ति उत्पादनमा गरेको प्रयासलाई धन्यवाद दिए। उनले भने, ‘लेखा र वित्त क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सीड फाइनान्सियल एकेडेमीले नेपालमा एसीसीए योग्यताको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको छ।’

प्रकाशित: १० फागुन २०७९ १२:५४ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast