सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

हिमाल प्रेस १० फागुन २०७९ १९:४३ | Wednesday, February 22, 2023
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम दिएको छ। कम्पनीले गत फागुन १ गतेदेखि कम्पनीको प्रधान कार्यालय थापाथली लगायत काठमाडौँ उपत्यकाबाहिरका विभिन्न शाखाका कर्मचारीहरूलाई तालिम दिएको हो।

मंगलबारसम्म दिइएको तालिममा उपत्यकाबाहिर बर्दिबास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, विराटचोक, बिर्तामोडलगायतका शाखामा तालिम दिइएको कम्पनीले जानकारी दिएको छ। कम्पनीको व्यवस्थापन समूह समेतको उपस्थितिमा कम्पनीका कर्मचारीहरूलाई तालिम दिइएको हो ।

तालिममा कम्पनीका कानून, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुरबहादुर भुजेलले प्रस्तुती दिएका थिए। तालिममा गैरकानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने काम लाई नियन्त्रण गर्ने सम्बन्धमा जानकारी गराइएको थियो।

उपत्यकाबाहिरका स्थानहरूमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नै प्रस्तुती दिएका थिए।

प्रकाशित: १० फागुन २०७९ १९:४३ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast