सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

हिमाल प्रेस १४ फागुन २०७९ १४:०७ | Sunday, February 26, 2023
सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित सहनाज रहमान। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाले जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। आइतबार बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

बैठकले दिवंगत सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए। झापाको भद्रपुर निवासी सांसद रहमान जसपाबाट प्रतिनिधिसभाको समानुपातिक सांसद थिइन्। उनको हृदयाघातका कारण शनिबार भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

राष्ट्रियसभाको अर्को बैठक सोमबार (भोलि) दिउँसो १२ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको छ।

प्रकाशित: १४ फागुन २०७९ १४:०७ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast