सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस ९ फागुन २०७९ ८:५६ | Tuesday, February 21, 2023
सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना वरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

दर्ज्यानी चिह्न पाउनेमा वरिष्ठ अधिकृतहरूमा सशस्त्र प्रहरी नायव महानिरीक्षकत्रय अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा छन्।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्दै बढुवासँगै बढेको पदीय जिम्मेवारीलाई अझबढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए।

प्रकाशित: ९ फागुन २०७९ ८:५६ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast