सर्वाधिक ठूलो लक्ष्य जितेपछि खेलाडीको मनोबल बढ्यो : कप्तान पौडेल

हिमाल प्रेस २ फागुन २०७९ २०:१४ | Tuesday, February 14, 2023
सर्वाधिक ठूलो लक्ष्य जितेपछि खेलाडीको मनोबल बढ्यो : कप्तान पौडेल

काठमाडौँ– विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेल जितेपछि कप्तान रोहितकुमार पौडेलले मनोबल बढेको बताएका छन्। कीर्तिपूरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेत मैदानमा मंगलबार नामिबियाँसँग सर्वाधिक ठूलो लक्ष्य जितेपछि कप्तान पौडेलले जितले खेलाडीको मनोबल बढेको बताएका हुन्।

जितपछि कप्तान पौडेलले लिग–२ मा सबैभन्दा ठूलो लक्ष्य जितेर इतिहास रच्न सफल भएको भन्दै खुसी लागेको पनि बताए। खेलमा लय मिलेको र आगामी दिनमा यही लयलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो। अभ्यासको क्रममा अपनाइएका रणनीति अवलम्बन गर्दा सफलता मिलेको कप्तान पौडेलले बताए।

डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य जित्न सकिएको उनको भनाइ थियो। यसअघि नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले २ विकेटले जितेको हो। नेपालका लागि कुशल भुर्तेलले ११३ बलमा ११५ रन बनाए। कप्तान पौडेलले ७२ रन बनाएका थिए।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक श्रृंखला अन्तर्गत अर्को खेल बुधबार नामिबिया र स्कटल्याण्डबीच हुनेछ । नेपालले अर्को खेल फागुन ५ गत स्कटल्याण्डसँग खेल्ने तालिका छ।

प्रकाशित: २ फागुन २०७९ २०:१४ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast