सरकार धेरै दिन टिक्दैन : माधवकुमार नेपाल

हिमाल प्रेस ५ फागुन २०७९ १८:३९ | Friday, February 17, 2023
सरकार धेरै दिन टिक्दैन : माधवकुमार नेपाल फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन्।

शुक्रबार उदयपुरको गाईघाटमा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनका वेला एउटा गठबन्धन बनेको र परिणाम आइसकेपछि अर्को अपवित्र गठबन्धन बनेको भन्दै गठबन्धनको सरकार अव धेरैदिन टिक्न नसक्ने बताएका हुन्।

अध्यक्ष नेपालले गठबन्धन कै नेताहरूले गठबन्धन लामो समय नटिक्ने बताएको जिकिर गरे। उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताए।

नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको उनको भनाइ छ।

प्रकाशित: ५ फागुन २०७९ १८:३९ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast