सरकारले शिक्षामा व्यापार गरिरहेको छ : पूर्वप्रधानन्यायाधीश कार्की

हिमाल प्रेस ५ फागुन २०७९ १०:५७ | Friday, February 17, 2023
सरकारले शिक्षामा व्यापार गरिरहेको छ : पूर्वप्रधानन्यायाधीश कार्की पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन्।

शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको आरोप लगाएकी हुन्।

उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको बताइन्।

‘स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन,’ उनले भनिन्, ‘शिक्षा व्यापार भएको छ। पहिला त्यस्तो थिएन । पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो । गरिबका छोराछोरी पनि डाक्टर बन्नसक्थे। अब अहिले पैसा नभई केही पनि हुँदैन। आर्यघाटमा जल्न त महँगो भइसक्यो।’

पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन्।

प्रकाशित: ५ फागुन २०७९ १०:५७ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast