सरकारबाट बाहिरिन्नौँ, राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्छौँ : सीके राउत

हिमाल प्रेस १६ फागुन २०७९ १६:०१ | Tuesday, February 28, 2023
सरकारबाट बाहिरिन्नौँ, राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्छौँ : सीके राउत जनमत पार्टीका अध्यक्ष डा. सीके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले आफूहरूले सरकार नछाड्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले सरकार छाड्नुपर्ने कुनै परिस्थिति नआएको बताएका हुन्। उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने पनि बताए।

‘अरू पार्टीहरू माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो,’ उनले भने, ‘जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन।’

अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरूले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै उनले सोही बमोजिमको पात्रको रूपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए।

उनले राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनको भनाइ छ।

यस्तै उनले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलनलगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुन सक्ने बताए। यद्यपि यी मागहरू पूरा गर्न सरकारलाई समय भने दिइने उनको भनाइ छ।

प्रकाशित: १६ फागुन २०७९ १६:०१ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast