सबै सहकारी खत्तम छैनन् : मन्त्री राई

हिमाल प्रेस १४ फागुन २०७९ १४:१७ | Sunday, February 26, 2023
सबै सहकारी खत्तम छैनन् : मन्त्री राई

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले ‘सहकारीहरू सक्किए, खत्तम भए’ भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवर्द्धनमा लाग्नुपर्ने बताएका छन्।

आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीको संकट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ। समस्या छन् भने समाधानका लागि पहल गर्नुपर्छ।’

मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रूपमा गर्नुपर्ने पहलमा कुनै कमी नहुने विश्वास दिलाए। समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उनको भनाइ थियो।

प्रकाशित: १४ फागुन २०७९ १४:१७ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast