सत्ता केन्द्रित फोहरी खेलले मुलुक अस्थिरतातर्फ धकेलियो : कमल थापा

हिमाल प्रेस १४ फागुन २०७९ १५:३५ | Sunday, February 26, 2023
सत्ता केन्द्रित फोहरी खेलले मुलुक अस्थिरतातर्फ धकेलियो : कमल थापा फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन्। सत्ता प्राप्तिका लागि अनेक गठबन्धन बनाएर देशलाई अस्थिरतातर्फ धकेल्ने काम भएको उनको भनाइ छ।

‘चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बीचमै फेरि अर्को गठबन्धन। यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ?’ उनको प्रश्न छ।

थापाले जनतामा वितृष्णा मात्र नभई दल र नेताहरू प्रती घृणा उत्पन्न भएकोसमेत बताए। काठमाडौँमा आज पार्टी सम्बद्ध भातृ संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनितीक दलहरू शक्ति र पैसा केन्द्रित हुँदा जनता विरक्तिएको थापाको टिप्पणी थियो।

राप्रपा नेपाल प्रति सकारात्मक धारणाको विकास भैरहेकोमा भन्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरूलाई आग्रह गरे। कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनवर्गीय संगठनको कृयाशीलता र भावि कार्यक्रमबारे बोलेका थिए। भातृ संगठनका अध्यक्षहरूले आफ्नो-आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए।

प्रकाशित: १४ फागुन २०७९ १५:३५ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast