काठमाडौँ- यही फागुन ७ अर्थात् प्रजातन्त्र दिवसमा ‘एलआईसी नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ।
ड्रिम हाई नेपालको आयोजनामा होटेल याक एन्ड यतीमा अवार्ड समारोह हुनेछ। दोस्रो संस्करणको यस अवार्डमा ११ विधामा अवार्ड प्रदान गरिने आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले बताए। ‘नेपाली मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानलाई कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ,’ उनले भने।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिनेछ। त्यस्तै सञ्चारकर्मी भूषण दाहालले ‘उत्कृष्ट पत्रकारिता सम्मान’ बाट सम्मान गरिने जिसीले बताए।
कार्यक्रममा टेलिभिजन, छापा, एफएम रेडियो, अनलाइनलगायत सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई सम्मान गरिनेछ।
प्रकाशित: ४ फागुन २०७९ १३:५७ | Thursday, February 16, 2023
प्रतिक्रिया



