संसद्‌मा प्रकाश ज्वाला : कहाँ छ राजतन्त्र? को हो श्री ५ महाराजधिराज?

हिमाल प्रेस १० फागुन २०७९ १५:५८ | Wednesday, February 22, 2023
संसद्‌मा प्रकाश ज्वाला : कहाँ छ राजतन्त्र? को हो श्री ५ महाराजधिराज?

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले देशमा कहाँ छ राजसंस्था? को हो श्री ५ महाराजाधिराज? भन्दै प्रश्न गरेका छन्।  बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद ज्वालाले व्यवस्थामाथि मडारिएको कालो बादल र भइरहेको प्रहारविरुद्ध लड्नुपर्ने बताए।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले श्री ५ महाराजाधिराजका नाममा शुभकामना दिएको भन्दै उनले यो देशमा राजसंस्था कहाँ छ? भन्दै प्रश्न गरे।

‘के यो देशमा श्री ५ महाराजाधिराज छ? अहिले देशमा राजतन्त्र छ? मेरो गम्भीर आपत्ति छ। अहिलेको व्यवस्थामाथि चुनौती दिने गरी आएको अभिव्यक्तिको घोर आपत्ति र भर्त्सना गर्दछु,’ उनले भने, ‘जनआन्दोलनले राजतन्त्र ढालिसकेको छ। राजतन्त्र बिउँताउन खोज्नु भनेको चिहान उधिनेर मरेको मान्छे ल्याउनुसरह हो। पुनः राजतन्त्र ल्याउन खोजिएको छ, यो कुनै पनि हालतमा हुँदैन। यो गैरजिम्मेवार अभिव्यक्तिको प्रतिकार गर्नुपर्छ।’

उनले राजतन्त्र र राजाका नाममा मेची–महाकाली प्रचारकार्य भइरहेको भन्दै आपत्ति जनाए। ‘मेची-महाकाली र राजतन्त्रको प्रचार गरिरहेको छ। यो व्यवस्था मानेर आएको हैन? त्यसको विरुद्धमा लाग्ने? नेपाली जनता विभाजित गर्ने अभिव्यक्ति र व्यवहार भइरहेका छन्। ती आपत्तिजनक छन्। सरकारले यो विषयमा जवाफ दिनुपर्‍यो। कहाँ छ राजतन्त्र? को छ श्री ५ महाराजाधिराज ? तुरुन्त जवाफ दिनुपर्छ। जे मन लाग्यो त्यो बोल्ने छुट छैन।’

उनले व्यवस्थाप्रति भइरहेको प्रहारको प्रतिकार गर्नुपर्ने समय आएको बताए ।

प्रकाशित: १० फागुन २०७९ १५:५८ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast