‘संघीय शिक्षा ऐन’ तत्काल संसद्‍मा पेस गर्नुपर्छ : गगन थापा

हिमाल प्रेस ५ फागुन २०७९ १५:३० | Friday, February 17, 2023
‘संघीय शिक्षा ऐन’ तत्काल संसद्‍मा पेस गर्नुपर्छ : गगन थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसद्‍मा पेस गर्नुपर्ने बताएका छन्।

शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चालु संसद् अधिवेशनबाटै सो ऐन पारित गर्ने आफूहरूको चाहना रहेको बताएका हुन्।

कक्षा ११ र १२ को शिक्षामा अति राजनीतीकरण भएकाले त्यसलाई अनुगमन गर्न प्रदेशमा ‘शिक्षा लोकपाल’को व्यवस्था हुने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने उनकाे भनाइ छ।

‘कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारलाई चलाउन दिने संविधानमै व्यवस्था गरेका छौँ,’ उनले भने।

प्रकाशित: ५ फागुन २०७९ १५:३० | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast