शिल्पाले जितिन् सम्बन्धविच्छेदको मुद्दा, छविले आधा सम्पत्ति दिनुपर्ने

हिमाल प्रेस १५ फागुन २०७९ १३:१९ | Monday, February 27, 2023
शिल्पाले जितिन् सम्बन्धविच्छेदको मुद्दा, छविले आधा सम्पत्ति दिनुपर्ने

काठमाडौँ- नायिका शिल्पा पोखरेल र फिल्म निर्माता छवि ओझाबीच सम्बन्धविच्छेदको तथा माना चामलको मुद्दा टुंगिएको छ।
हिजो आइतबार जिल्ला अदालत काठमाडौंले सम्बन्धविच्छेद तथा माना चामल मुद्दामा अभिनेत्री शिल्पा पोखरेलको पक्षमा फैसला आएको हो।

शिल्पाले अदालतको फैसलापछि न्याय पाएको भन्दै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्।
फैसलामा अदालतले शिल्पालाई छविले आधा सम्पत्ति दिनुपर्ने र सम्बन्धविच्छेद गर्न आदेश दिएको छ। साथै अदालतले माना चामलको मुद्दाको फैसलामा सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण आधा शिल्पाले व्यहोर्नुपर्ने भनेको छ।

छविले आफ्नो ऋण २० करोड रुपैयाँभन्दा माथि देखाएका छन्। यसर्थ शिल्पाले झन्डै १० करोड ऋण व्यहोरेर मात्रै आधा सम्पत्ति पाउने देखिन्छ। छविले चौथो पत्नीको रूपमा शिल्पासँग बिहे गरेका थिए। घर झगडाको विवाद बढ्दै गएपछि पाखरेलले पति छवि ओझाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेद र माना चामलको मुद्दा दर्ता गरेकी थिइन्।

प्रकाशित: १५ फागुन २०७९ १३:१९ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast