वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

हिमाल प्रेस १६ फागुन २०७९ १३:३८ | Tuesday, February 28, 2023
वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’ साहित्यकार वैरागी काइँला र गोपाल पराजुली।

काठमाडौँ- सुप्रसिद्ध साहित्यकार वैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ। यस्तै अर्का सुप्रसिद्ध साहित्यकार गोपाल पराजुलीलाई ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय वानीरा फाउन्डेसनले गरेको हो।

वैरागी काइँला नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित छन्। विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा उनले विशिष्ट योगदान दिएका छन्। नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीको सम्मानमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’ को राशि एक लाख रुपैयाँ छ।

पराजुली नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित छन्। उत्तर आधुनिक तथा उत्तरआधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा पराजुलीले विशिष्ट योगदान र्दिका छन्। पुरस्कारको राशि पचास हजार रुपैयाँ छ।

यी पुरस्कार डा. वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौँमा समर्पण गरिने फाउन्डेनसनले जनाएको छ। फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शंकर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो।

प्रकाशित: १६ फागुन २०७९ १३:३८ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast