वृद्ध जोडीको प्रेमकथा ‘सुनाखरी’

हिमाल प्रेस ३ फागुन २०७९ १४:२५ | Wednesday, February 15, 2023

काठमाडौँ- म्युजिकल फिल्म ‘सुनाखरी’ सार्वजनिक भएको छ। आर्टमाण्डुको यस म्युजिकल फिल्ममा एक वृद्ध जोडीको प्रेमकथा देखाइएको छ। उनीहरू एकअर्कालाई निःस्वार्थ प्रेम गर्छन्। पहाडमा बस्छन्। जीवनका ससाना क्षणहरू एकअर्कासित बाँडछन्।

छोराछोरी बिदेसिएपछि एक्लिएका वृद्धवृद्धाको झुपडीमा सम्झनास्वरूप एउटा तस्बिर छ। जसलाई हेरेर वृद्धाले सन्तानलाई सम्झिन्छिन्। दुःखी हुन्छिन्। उनको पीडा सहन नसकेर वृद्धले त्यो तस्बिर हटाइदिन्छन्।

त्यसै कुरामा मनमुटाव भई वृद्धा अन्तै झुपडीमा सर्छिन्। एक्लो यात्रा तय गर्छिन्। आफूले श्रीमतीको भावना नबुझेर पीडा दिएको बोध भएपछि श्रीमान् उनलाई फकाउन जान्छन्।

उज्जवल सागर र विद्या तिवारीको स्वर रहेको गीतमा हर्क साउदको शब्द छन्। संगीत उज्ज्वल सागरकै रहेको छ। सुन्दर तरिकाले प्रस्तुत गरिएको म्युजिकल फिल्ममा कुमार राई र कुशमाया राईको अभिनय छ। म्युजिकल फिल्मको निर्देशन नवीन चौहानले गरेका हुन्।

प्रकाशित: ३ फागुन २०७९ १४:२५ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast