विश्व शान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर गर्न चाहन्छु : राष्ट्रपति भण्डारी

हिमाल प्रेस ६ फागुन २०७९ ७:२२ | Saturday, February 18, 2023
विश्व शान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर गर्न चाहन्छु : राष्ट्रपति भण्डारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दैआएको बताएकी छन्।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरे।

राष्ट्रपतिले शुभकामना सन्देशमा भनिएको, ‘संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको रूपमा विश्व शान्ति स्थापना कार्यमा पु¥याउँदै आएको योगदानको उच्च कदर गर्न चाहन्छु।’

देश र जनताको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहम् भूमिका खेल्दै आएको बताउँदै सेनाका परमाधिपति भण्डारीले यस वर्ष भएका तीनै तहका निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गरेकी छन्।

सोही उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित: ६ फागुन २०७९ ७:२२ | Saturday, February 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast