विवेकशील साझा : को बन्ला अध्यक्ष?

हिमाल प्रेस २८ माघ २०७९ ८:४३ | Saturday, February 11, 2023
विवेकशील साझा : को बन्ला अध्यक्ष?

काठमाडौँ- विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज समापन हुने भएको छ। शुक्रबार (हिजो) काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो महाधिवेशन आज समापन हुने भएको छ।

पार्टीको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन्। तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन्। बाँस्कोटा हालकी अध्यक्ष हुन्। उनी वैकल्पिक शक्ति निर्माणमा आफू लागेकाले एकपटक अवसर दिनुपर्ने बताउँछिन्।

उनी विगतमा पार्टी नेता रवीन्द्र मिश्र मानिन्थिइन्। मिश्र विवेकशील छाडेर राप्रपा लागेपछि उनी विवेकशीलको अध्यक्ष बनिन्। मिश्रमाथि वैकल्पिक शक्ति सकेको भन्दै बाँस्कोटा चर्काे आलोचना गर्छिन्। यता परियार भने अहिलेका विवेकशीलका प्रवक्ता हुन्।

मिश्रले विवकेशील छाडेसँगै उनी विवकेशीलमा सक्रिय बन्दै आएका छन्। यता पाण्डे भने पुरानो विवेकशील पार्टीका नेता हुन्। उनी विवेकशीलका पूर्वसंयोजक पनि हुन्। गएको प्रतिनिधिसभा निर्वाचनमा उनले पुरानो साझा पार्टी व्युताएर चुनाव लडेका थिए। काठमाडौँ ९ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उनले चुनाव जित्न सकेनन्।

हिजो सीमित राजनीतिककर्मीलाई मात्र बोलाएर महाधिवेशनको उद्घाटन गरिएको थियो।

उद्घाटन शत्रमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतले वैकल्पिक शक्तिका विषयमा धारणा राखेका थिए।

पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको राजनीतिक दस्ताबेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधानमाथि आज छलफल हुने मिलन पाण्डेले जानकारी दिए।

उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। महाधिवेशनले आजै नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

 

प्रकाशित: २८ माघ २०७९ ८:४३ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast