विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा, महासचिवमा रञ्‍जु दर्शना चयन

हिमाल प्रेस २८ माघ २०७९ २१:२५ | Saturday, February 11, 2023
विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा, महासचिवमा रञ्‍जु दर्शना चयन

काठमाडौँ– विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएका छन्। काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट उनीहरू सो पदमा चयन भएका हुन्।

यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए।

सचिवमा पवित्रा थापा, विमल तामाङ, समुद्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन भएको पनि उनले बताए।

महाधिवेशनले पार्टी केन्द्रीय समिति ६१ जना सदस्य तय गरेको छ। पदाधिकारी सर्वसम्मत चयन भइसकेकाले केन्द्रीय सदस्य चयन हुने प्रक्रिया जारी रहने बताइएको छ।

प्रकाशित: २८ माघ २०७९ २१:२५ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast