विराट गोल्डकपको तयारी तीव्र, यस्तो बन्यो मैदान

हिमाल प्रेस १६ फागुन २०७९ ९:४१ | Tuesday, February 28, 2023
विराट गोल्डकपको तयारी तीव्र, यस्तो बन्यो मैदान

विराटनगर- चैत ९ गतेदेखि हुने विराट गोल्डकपको तयारी तीव्र पारिएको छ।

विराटनगरको शहीद रंगशालामा हुने रात्रिकालीन प्रतियोगिताका लागि अहिले मैदान मर्मतको कामलाई तीव्रता दिइएको छ।

आयोजक विराट गोल्डकप ट्रस्टले आफ्नै लगानीमा मैदान मर्मतको काम अगाडि बढाएको हो। चैतको पहिलो सातासम्म मैदान तयार पार्ने गरी काम तीव्र गतिमा भइरहको ट्रस्टका सीईओ सुवाशीस कोइरालाले जानकारी दिए।

‘मैदानमा अहिले नियमित रूपमा काम भइरहेको छ, विगतको तुलनामा अहिले मैदान हरियाली भएको छ,’ उनले भने, ‘प्यारापिट मर्मतको काम पनि अन्तिम चरणमा पुगेको छ।’

प्रतियोगितामा नेपालीसहित विदेशी टिमको पनि सहभागिता रहने उनले बताए।

प्रकाशित: १६ फागुन २०७९ ९:४१ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast