विमानस्थलमा ‘एन्टि-हाइज्याकिङ इन्टिग्रेटिड’ अभ्यास

हिमाल प्रेस १४ फागुन २०७९ २१:११ | Sunday, February 26, 2023
विमानस्थलमा ‘एन्टि-हाइज्याकिङ इन्टिग्रेटिड’ अभ्यास

काठमाडौँ- विमानस्थल आपतकालीन कार्ययोजनामा आधारित ‘एन्टि-हाइज्याकिङ इन्टिग्रेटिड’ अभ्यास गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपतकालीन योजनाअनुसार ‘अन लफुल सिजर अफ एयर क्राफ्ट अलर्ट–४’ अन्तर्गत नेपाली सेनाको युद्धभैरव गणको फौजद्वारा अभ्यास गरिएको हो।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माको पनि उपस्थिति थियो। ‘सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ नेपाली सेना लगायतका सरोकारवाला निकायहरूबीच आआफ्नो भूमिकामा प्रभावकारी हुने गरी विमानस्थल आपतकालीन कार्ययोजनामा आधारित अभ्यास भएको हो,’ नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अभ्यासमा नेपाली सेनाका युनिटहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्‍ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगमलगायत निकायहरूको सहभागिता थियो।

प्रकाशित: १४ फागुन २०७९ २१:११ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast