विप्लव नेतृत्वको नेकपाले बैंकको चर्को ब्याजदर र महगीविरुद्ध संघर्ष गर्ने

हिमाल प्रेस २८ माघ २०७९ १७:३६ | Saturday, February 11, 2023
विप्लव नेतृत्वको नेकपाले बैंकको चर्को ब्याजदर र महगीविरुद्ध संघर्ष गर्ने

लुम्बिनी– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले बैंकको चर्को ब्याजदर, महंगी र भ्रष्टाचारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

नेकपा रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पार्टीको चौथो पूर्ण बैठकको निर्णयहरू सुनाउँदै फागुन ५ गतेदेखि २५ गतेसम्म चरणबद्ध रूपमा गरिने संघर्षका कार्यक्रम गर्ने जनाएको हो।

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवम् रुपन्देहीका इन्चार्ज शरद सिले बैंकहरूको चर्को ब्याज, लघुवित्तको ऋण, मिटर ब्याज, घरवहाल एवम् महंगीका कारण सबै क्षेत्र आक्रान्त भएकाले यसका विरुद्ध जनतालाई साथमा लिएर संघर्षमा उत्रन लागेको बताए।

उनले अहिले देशमा ठूलो आर्थिक संकट उत्पन्न भएको बताउँदै यसको पछाडि सरकारमा रहेका दलहरू मुख्य दोषी रहेको भन्दै रुपन्देहीसहित देशैभर बैंकहरूको ब्याजले मानिसहरू थलिएको, वित्तीय संस्था र मिटर ब्याजका नाममा मानिसहरूको उठिबास भएकाले यसका विरुद्ध सरकारलाई खबरदारी बनाउन आफुहरू संघर्षमा होमिएको प्रष्टाए।

उनले भूमिहिन सुकुम्बासीलाई लालपूर्जा दिने नाममा चर्को शुल्क असुल गर्न खोजेको बताए। बुटवल तिनाउ दानव नदी कोरिडोर पीडितका उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थापनबिना हटाउन नहुने जनाए।

नेकपा रुपन्देहीको चौथौ बैठकले फागुन ५ गते चर्को ब्याजदर, लघुवित्त, मिटर ब्याज, घरभाडा बृद्धिका विरुद्ध बुटवलमा प्रदर्शन, फागुन १५ देखि २५ गतेसम्म भण्डाफोर गर्ने निर्णय गरेको नेकपा रुपन्देहीका अध्यक्ष वीरेन्द्रले जानकारी दिए।

उनका अनुसार नेकपा रुपन्देहीले फागुन १ गते बुटवलमा ‘जनयुद्धका उपलब्धी र समस्या’ विषयक बृहत् अन्तरक्रिया गर्ने, सहिद सप्ताह विविध कार्यक्रम गरी मनाउने, जनसम्बन्ध विस्तार अभियानसमते गर्ने छ।

कृषिजन्य वस्तु भारतबाट आयात गरिएकोविरुद्ध नेकपाले नाकामा प्रदर्शन, स्वास्थ्य शिक्षामा भएका विकृति विसंगतिविरुद्ध संघर्ष गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित: २८ माघ २०७९ १७:३६ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast