 
                             
                                            काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने बताएका हुन्।
उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए।
प्रवक्ता विश्वकर्माले जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने बताए। उनले सरकारसँग पार्टीले गरेको तीन बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरू रिहा हुनुपर्ने माग गरेको बताए।
                            प्रकाशित: २५ माघ  २०७९ १४:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 