वर्तमान आर्थिक अवस्थाबारे सीबीफीन र आईएमएफबीच छलफल

हिमाल प्रेस ११ फागुन २०७९ १६:१८ | Thursday, February 23, 2023
वर्तमान आर्थिक अवस्थाबारे सीबीफीन र आईएमएफबीच छलफल

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपाल आएको मिसन टोली र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) बीच नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको छ। आईएमएफ टोलीका प्रमुख जार्को टुरुनेनलगायतको टोलीसँग सीबीफीनका पदाधिकारीले नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल गरेका हुन्।

टुरुनेनले नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिडपछिका परिदृश्यहरूबारे छलफल आवश्यक रहेको बताए। सीबीफीनका पदाधिकारीहरूले तरलताको समस्या र त्यसको असर, बैंक तथा वित्तीय संस्थाको मुनाफामा देखिएको संकुचनलगायत विषयमा जानकारी गराए।

त्यस्तै पूँजीबजारमा आएको गिरावट, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न सकिने बाफियाको व्यवस्थाको कार्यान्वयनको अवस्था, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, ब्याजदर, कर्जायोग्य पुँजी अभावलगायत बारेमा सीबीफीनका पदाधिकारीहरूले आईएमएफका प्रतिनिधिसमक्ष जानकारी गराए। आईएमएफको मिसन टोलीले नेपालको हालको आर्थिक कठिनाइहरूबारे अध्ययन गरी प्रतिवेदन तयार गरिने बताएको छ।

प्रकाशित: ११ फागुन २०७९ १६:१८ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast