लुम्बिनीमा जसपाका यादव कृषिमन्त्री नियुक्त

हिमाल प्रेस ७ फागुन २०७९ २१:५८ | Sunday, February 19, 2023
लुम्बिनीमा जसपाका यादव कृषिमन्त्री नियुक्त

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट भण्डारीलाल यादव कृषि तथा भूमि सुधारमन्त्री नियुक्त भएका छन्। जसपा प्रदेश संसदीय दलका नेतासमेत रहेका उनी आइतबार मन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्ने निर्णयसँगै यादव मन्त्री नियुक्त भएका हुन्।

सोमबार (भोलि) बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा उनलाई शपथ ग्रहण गराइने तयारी रहेको छ। एकसाताअघि कृषिमन्त्री नियुक्त नेकपा एमालेका लुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा राखिएको छ।

मंसिरमा सम्पन्न निर्वाचनमा उनी बाँके २ (क)बाट निर्वाचित हुन्।

प्रकाशित: ७ फागुन २०७९ २१:५८ | Sunday, February 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast