लुम्बिनीमा जसपाकाे प्रवेश, मन्त्री अहिरले लिए शपथ

हिमाल प्रेस ८ फागुन २०७९ १२:३८ | Monday, February 20, 2023
लुम्बिनीमा जसपाकाे प्रवेश, मन्त्री अहिरले लिए शपथ

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) काे प्रवेश भएकाे छ।

मुख्यमन्त्री लीला गिरीकाे सिफारिसमा जसपाका सांसाद भण्डारीलाल अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री अहिरले साेमबार प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका छन्।

एक साताअघि कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपाका अहिरलाई मन्त्री बनाइएकाे हाे।

यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो। त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो।

त्यहीअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका हुन्।

मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकेका छन्।

मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिनाविभागीय मन्त्रीको शपथ लिएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो। उनले जिम्मेवारी अस्वीकार गर्दै पदवहाली गरेकी छैनन्।

लुम्बिनी प्रदेशमा अब ११ मन्त्री भएका छन्। यद्यपि मन्त्रालय भने १० वटै राखिने र एमालेबाट यसअघि कृषि मन्त्री बनेका तुल्सी शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी बिनाविभागीय मन्त्री बनाइनेछ।

प्रकाशित: ८ फागुन २०७९ १२:३८ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast